बिष्णुको स्टाटसलगत्तै एलिनाले सार्वजनिक गरिन् घाउचोटसहितको तस्विर

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो चरित्रको बचाउका लागि विगत खोतल्न बाध्य भएको बताएकी छन् । पूर्वपति बिष्णु सापकोटाले सामाजिक सञ्जालमा स्टाटस लेखेलगत्तै एलिनाको पनि स्टाटस आएको हो ।

एलिनाले स्टाटससँगै एउटा तस्विर पनि सार्वजनिक गरेकी छन्, जहाँ उनको अनुहार सुन्निएको र घाउचोट लागेको देखिन्छ । उनले अष्ट्रेलियामा श्रीमानबाट शारीरिक यातना भोगेको बताउँदै आएकी थिइन् ।

एलिनाले लेखेकी छिन्, ‘हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो, तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहो¥याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय ग¥यो । म कानुनी प्रक्रियामा जान बाध्य भएँ । म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ । मैले मेरो विगत खोल्नुपर्यो ।’

विगतको सम्बन्धसँग आफ्नो कुनै दुश्मनी नभएको र बदला लिने सोच पनि नरहेको उनले प्रष्ट पारेकी छन् । आफ्नो लडाइँ कोही व्यक्तीसँग नभएर नारीलाई नै सँधै गलत देख्ने मानसिकतासँग भएको उनको भनाइ छ । अब आफु चुप नलाग्ने उनले बताएकी छन् ।

एलिना लेख्छिन्, ‘अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो । म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु । किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ ।’

Comments

One response to “बिष्णुको स्टाटसलगत्तै एलिनाले सार्वजनिक गरिन् घाउचोटसहितको तस्विर”

  1. लेख नाथ पौडेल Avatar
    लेख नाथ पौडेल

    निजि सम्पत्तिको अबधारणा सङ्सगै पितृसत्ताको उत्पत्ति ३००० देखि ५००० बर्ष पुरानो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *