नेपालमा बन्द भयो टेलिग्राम

काठमाडौं । नेपालमा टेलिग्राम एप बन्द भएको छ ।

टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।

प्राधिकरणले आज एक सूचना  जारी गर्दै  टेलिग्राम एपकाे पहुँचमा तत्काल राेक लगाउने बन्द गर्ने व्यवस्थाका लागि  सम्बन्धित सबै दूरसञ्चार  सेवा  प्रदायकहरुलाई निर्देशन दिएकाे छ ।

नेपालमा सञ्चालनमा रहेकाे टेलिग्राम एप मार्फत अनलाइन ठगीकाे स‌ंख्या बढिरहेकाे र  मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेकाे  प्राधिकरणले  जनाएकाे छ ।

 

Comments

One response to “नेपालमा बन्द भयो टेलिग्राम”

  1. Mania Thompson Avatar
    Mania Thompson

    अमेरिकी मालिकको पाऊ मोलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *