काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानमा आफूहरू रहेको बताएका छन् ।
वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अन्य घटकहरूसँग पनि छलफल चलिरहेको बताए ।
उनले भने, ‘एकताबद्ध भएर जान चाहनेहरूसँग हामीले सहकार्य पनि गरेका छौँ, सहकार्य मात्रै होइन मोर्चा पनि बनाएर अघि बढेको छौँ । समाजवादी मोर्चा हाम्रो पार्टी पनि छ, माओवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा पनि सहभागी छ । उहाँहरूसँग मोर्चा बनाउँदै साझा विषयहरूमा आन्दोलन गर्दै अगाडि बढिरहेको छौँ, विचार सिद्धान्त, मन र भावना मिलेको खण्डमा त्यस्ता समूहहरूसँग मिलेर अगाडि बढ्नसक्छौं ।’
उनले पहिलो प्राथमिकता अरूसँग एकता भन्दा पनि पार्टीलाई नै बलियो बनाउनेमा ध्यान केन्द्रित भएको बताए ।

Leave a Reply