कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण हेर्दा यस बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा कुल ६३ अर्ब ५० करोड निक्षेप सङ्कलन गरी ५२ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ ।

यस अवधिसम्म बैंकले ९८ करोड ७० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ।

बैंकको पुँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ३.३८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ।

बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नको लागि नेपाल धितो पत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र बोर्डको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी शेयर जारी गर्ने बैंकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *