काठमाडौँ । एनसेल फाउन्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ । ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौँ आर्ट हाउस, काठमाडौँ गेस्ट हाउस र काठमाडौँ गेस्ट हाउस पाटनमा एकसाथ प्रदर्शनी सुरु भएको हो ।

करिब आधा शताब्दी लामो मानन्धरको कलायात्रामा क्रममा सृजना गरिएका केही चित्रकलालाई प्रदर्शनीमा राखिएको छ । रङ, रेखा र अराजकताको दशकहरूलाई उजागर गरिएको चित्रकलामा यस अवधिका विविध आयामहरूलाई समेटिएको आयोजक म्युजियम अफ नेपाली आर्टले जनाएको छ ।

कलाकार किरण मानन्धरले यसप्रकारका प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यसले भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे ।
‘मैले यसप्रकारका प्रदर्शनी कैयौँ पटक आयोजना गरेको छु, यसबाट दर्शकहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै कला र संस्कृतिबारे ज्ञान साट्ने अवसर प्राप्त हुन्छु’, उनले भने ।

प्रदर्शनीमा एनसेल फाउन्डेसन, ओल्ड दरबार, कोसेया डोचा र सोलुखुम्बु जस्ता ब्रान्डले सहयोग गरेका छन् । आगामी सेप्टेम्बरसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न पाइनेछ ।

Leave a Reply