काठमाडौं । गायक एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्कडले गाएको गीत ‘झिमझिम’ स्पोटीफाइमा ट्रेण्डिङमा परेको छ । स्पोटीफाइको भाइरल गीत सेगमेन्ट अन्तर्गत यस गीत भारतमा ट्रेण्डिङमा परेको हो । अहिले ट्रेण्डिङ ४२ नम्बरमा यो गीत छ ।
एकदेवले छ महिनाअघि ‘झिमझिमाउने आँखा’ युट्युबमा सार्वजनिक गरेका थिए । यस गीतलाई अहिलेसम्म तीन करोड २० लाखपटक हेरिएको छ । यो गीत ग्लोबल ट्रेण्डिङमा समेत परेको थियो । नेपालमा गीत हिट भएपछि एकदेव र नेहाले हिन्दी भर्सनमा पनि सहकार्य गरेका थिए ।
दुई सातअ अगाडि सार्वजनिक गरिएको हिन्दी भर्सनको गीत अहिले पनि युट्युबमा ट्रेण्डिङ नम्बर चारमा छ भने गीतले दुई करोडमाथि भ्युज प्राप्त गरिसकेको छ । यही गीत स्पोटीफाइमा पनि ट्रेण्डिङमा आएको हो ।
हिन्दी भर्सनमा पनि नेहा कक्कडले ‘झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुक्कै भएँ म’ नेपाली भाषामै गाएकी छन् । यही गीतमा इन्स्टामा भिडियो समेत बनाएकी थिइन् ।
झिमझिमाउने आँखा अब गीत मात्रै रहनेर इमोसन रहेको भन्दै सामाजिक संजालमा एकदेवले सबैलाई धन्यवाद दिँदै स्पोटीफाइको ट्रेण्डिङको फोटो सेयर पनि गरेका छन् । एकदेवका ‘शीरफूल’, ‘आँखामा आउने सपनी’, ‘तिम्रो मुटुमा’ जस्ता गीतहरु चर्चित छन् ।

Leave a Reply