टी-२० विश्वकप छनोटको लागि नेपालको क्लोज क्याम्प सुरु (तस्बिरहरू)

काठमाडौं । आईसीसी टी-२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु भएको छ ।

बिहिवारबाट सुरु भएको क्लोज क्याम्पमा ३२ खेलाडी सहभागी छन् । क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद आदिल आलमले पनि कमब्याक गरेका छन् ।

नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी-२० विश्वकप छनोट खेल्नेछ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

उक्त छनोटअघि नेपालले विभिन्न देशमा अभ्यास खेल खेल्नेछ ।

तस्बिरहरु : क्यान

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *