पोखरा । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा पोखरा निन्जाज नयाँ टोलीको रुपमा प्रवेश गरेको छ । भीसर्भ समूहको स्वामित्वमा रहेको पोखरा निन्जाजले विज्ञप्ती जारी गर्दै लिगमा नयाँ टिमको रुपमा सहभागी हुने जनाएको हो।
गण्डकी प्रदेशले लामो समयदेखि राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्दै आएको छ। निन्जाजले लिगमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन लागेको हो ।
टोलीले केही दिनमा आफ्नो मार्की खेलाडी, प्रशिक्षक टिम, र गुडविल एम्बासडरबारे जानकारी दिने विज्ञप्तिमा उल्लेख छ । ‘पोखरा निन्जाजले नेपालको राष्ट्रिय खेलको प्रतिस्पर्धात्मक वृद्धिमा योगदान दिन र क्षेत्रीय प्रतिभालाई नयाँ अवसर प्रदान गर्न लक्ष्य राखेको छ,’ विज्ञप्तीमा भनिएको छ ।
दोस्रो संस्करण एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ । उक्त लिगको अक्सन आउदो शुक्रबार हुँदै छ ।

Leave a Reply