निजामती सेवा विधेयक राष्ट्रियसभाको कार्यसूचीमा, मन्त्रीले राजीनामा दिएपछि के हुन्छ ?

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मङ्गलवारको कार्यसूचीमा रहेको छ ।

मङ्गलवार दिउसो सवा १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय निजामती सेवा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव रहेको छ ।

प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर, घुस लेनदेनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री गुप्ताले मङ्गलवार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिइसकेका छन् ।

मन्त्री गुप्ताले राजीनामा दिएसँगै संघीय निजामती विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव कसले प्रस्तुत गर्ने भन्ने अन्यौलता सृजना भएको छ ।

राष्ट्रियसभा सचिवालयका सचिव डा. सुरेन्द्र अर्यालका अनुसार अहिलेसम्म कार्यसूचीबाट हटेको छैन ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सचिवालयका अनुसार मन्त्रीले राजीनामा दिइसकेको र विधेयक कसले प्रस्तुत गर्ने भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी आइनसकेकाले प्रस्तुत हुने सम्भावना न्यून देखिएको छ ।

Comments

One response to “निजामती सेवा विधेयक राष्ट्रियसभाको कार्यसूचीमा, मन्त्रीले राजीनामा दिएपछि के हुन्छ ?”

  1. ksp pyl Avatar
    ksp pyl

    यो अनलाईनले निजामति विधेयकको बारेमा खुब चासो राख्छ । कुन चाहिँ स्वार्थ समूहको वकालत गर्न हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *