होटल स्मार्टको उद्घाटनमा राजेश हमालदेखि चर्चित सेलिब्रेटीहरुको जमघट

काठमाण्डौँ । काठमाडौंको धुम्बाराही चोकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

महानायक हमालले होटलको मुख्य प्रवेशद्वारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भव्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोस्रो प्रवेशद्वारको उद्घाटन गरे ।

यस्तै सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्वय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र सुशील नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि बोल्दै हमालले भने- यदि तपाईँहरूलाई यो होटल मन पर्‍यो भने पक्कै पनि तपाईँहरूलाई मेरो घर पनि मन पर्नेछ किन कि यो होटल जसले बनाउनु भएको हो मेरो नयाँ घर पनि उहाँहरूले बनाउनु भएको हो ।

यसैगरी प्रकाश सुवेदीले मुख्य हाइवेमै यति धेरै सुविधा सहितको होटल निर्माण हुनु प्रशंसनीय रहेको बताए । गायक प्रमोद खरेलसहित मेलिना राई, मिलन नेवारले द भ्वाईसको स्टुडियो नजिकै रहेका कारण रिफ्रेशमेन्टका लागि पायक पर्ने बताए ।

करिब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठासहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रूप टप गार्डेन र रेष्टुरेन्ट छ ।

होटललाई ३५ वर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *