जनकपुरधाम । मधेश प्रदेशले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको रेड बुकको २९४ पाना लुकाएको भन्दै सत्तापक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकै सांसद सांसद उपेन्द्र महतोले सरकारमाथि आक्रोश पोखेका छन् ।
विनियोजन विधेयक २०८२ को छलफलमा भाग लिँदै उनले नदेखेको र नपढेको योजना कसरी पास गर्ने भन्ने सरकारसँग प्रश्न गरे ।
‘हामीलाई दिएको रेडबुकमा ४६१ पाना छ । २९४ पाना त हामीलाई दिएकै छैन,’ उनले प्रश्न गरे, ‘हामीले पढ्दै नपढेको, देख्दै नदेखेको योजनाहरू पास गर्ने हो ? हामीलाई तपाईँहरू सरकारले गुलाम बनाउन खोज्नु भएको छ ?’
उनले सरकारले सत्ताको बलमा र आफूहरू समर्थन दिएको बलमा सबै माननीयलाई गुलाम बनाउन खोजेकोमा आपत्ति जनाए । उनले लुकाएको रेड बुकको २९४ पाना देखाउनुपर्ने माग गरे ।
‘सरकारले आज रेकर्ड बनाउँदै छ । आज इतिहास बन्छ’, उनले भने, ‘कुकर्मी वा सुकर्मीको इतिहास बन्छ तपाईँहरूको । इतिहासले माफ गर्दैन ।’

Leave a Reply