दाङ । बर्दिया राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएकी एकजना महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका- १ चिसापानीकी ४५ वर्षीया पूर्णिमा बुढाको हात्तीको आक्रमणबाट ज्यान गएको इप्रका कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार बुढा बाँके र बर्दिया निकुञ्जको सीमावर्ती क्षेत्रमा च्याउ खोज्न गएकी थिइन् । हिजो बिहान करिब नौ बजेतिर निकुञ्जको जंगलमा हात्तीको समूहले नै आक्रमण गरेको थियो ।
अन्य दुई जनाले भागेर ज्यान जोगाउन सफल भएका भएका छन् । मृतक बुढाको शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ ।

Leave a Reply