तीन बुँदे कागज गरेर छुटे पूर्व राजाका संवाद सचिव फणिराज पाठक

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक तीन बुँदे कागज गरेर छुटेका छन् ।

शुक्रबार दिउँसो प्रहरी नियन्त्रणमा रहेका पाठक साँझ तीन बुँदे कागज गरेर छुटेका हुन् । उनलाई तीन बुँदे कागज गराएर परिवारको जिम्मामा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले नेपाल प्रेसलाई बताए ।

आफ्नो फेसबुकबाट संविधानले नचिन्ने भाषामा मेसेजहरु सम्प्रेषण नगर्ने,यसरी पोष्ट गरिएको मेसेजहरु डिलेट गर्ने र अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने भनेर कागज गरी परिवारको जिम्मामा छोडेको उनले बताए ।

संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *