उद्धारमा गएका सशस्त्र सहायक हवल्दार भिरबाट खसे, सेनाले गर्‍यो उद्धार

काठमाडौं । रसुवा बाढीपीडितका घाइतेको उद्धारमा खटिएका सशस्त्रका सहायक हवल्दार आफैं घाइते भएपछि नेपाली सेनाले उद्धार गरेको छ ।

बुधबार विहान १०:१५ बजे गोसाइकुण्ड- ३, लिङलिङमा उद्धारको सशस्त्रको नं२० गुल्म रसुवाबाट असईको कमाण्डमा खटिएको टोलीका सहायक हवल्दार विशाल थापा भिरबाट १० मिटर तल खोचमा खसेका थिए ।

उनको टाउको र घुँडामा चोट लागेको थियो । उनलाई दिउँसो ३:५० को समयमा नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।

उपचारका लागि काठमाडौं ल्याइएका उनको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *