काठमाडौं । सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टको रिट निवेदनमा कैफियत प्रतिवेदन माग गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।
रेशम चौधरीलाई पुर्पक्षका लागि जेल पठाउन पत्र लेखेपछि सरकारी किर्ते मुद्दामा तानिएका विष्टले आफूमाथि विभागीय कारबाही भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
उनीविरुद्ध प्रहरीले मुद्दा प्रक्रिया अघि बढाइसकेको छ ।

Leave a Reply