काठमाडौं । सरकारले ललितपुरको महालक्ष्मी नगरपालिकासहित तीन पालिकाको केन्द्र परिवर्तन गरेको छ ।
महालक्ष्मी नगपालिकासँगै दाङको शान्तिनगर गाउँपालिका र डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र परिवर्तन गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ३ बमोजिम सम्बन्धित पालिका सभाको दुई तिहाई बहुमतले ३ पालिकाको केन्द्र परिवर्तन गर्ने प्रस्ताव पारित गरेपछि सम्बन्धित प्रदेश सरकारको सिफारिस अनुसार सरकारले केन्द्र परिवर्तन गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ४ बमोजिम ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ कमलपोखरीबाट हेरफेर गरेर वडा नम्बर ८ लुभु देवीसथानमा कायम गरिएको छ ।
यस्तै डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र साविक वडा नम्बर ४ बगरकोटबाट हेरफेर गरेर वडा नम्बर ८ टप्वामा कायम गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले जानकारी दिए । उनका दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ चिराघाटबाट हेरफेर गरेर वडा नम्बर ४ कै जुम्लेकुलामा कायम गरिएको छ ।
सचिव पन्थका अनुसार दुबै पालिकाको केन्द्र परिवर्तन भएको सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

Leave a Reply