राजेशपायलले आफूमाथि यौनहिंसा गरेको पूर्वपत्नीको आरोप

काठमाडौं । प्रख्यात गायक राजेशपायल राईमाथि यौन हिंसाको आरोप लागेको छ । अरु कसैले नभएर राईकै पूर्वपत्नी साङबुङले यस्तो आरोप लगाएकी हुन् ।

राजेशपायल र साङबुङबीच २०८० साल चैतमा डिभोर्स भएको थियो । उनीहरुबाट एक तीन वर्षीय छोरा छन् । डिभोर्सपछि राजेशपायलले पत्नीलाई नक्सालमा रहेको घर अंशका रुपमा दिएका थिए । साङबुङ छोरासहित यही घरमा बस्दै आएकी छन् । राजेशपायल अनामनगरमा रहेको अर्को घरमा बस्छन् ।

राजेशपायल बेलाबेला छोरा भेट्नका लागि घरमा आउने गरेको आफु पनि अनामनगर जाने गरेकाे साङबुङले नेपाल प्रेससँग बताइन् । अस्ति बेलुका आफु अनामनगर जाँदा हातपात र दुर्व्यवहार गरेको उनको भनाइ छ ।

घटनाबारे उनले नेपाल प्रेसलाई सुनाएको विवरणः

म हिजाे उहाँकाे घरमा बच्चा लिनलाई गएकाे थिएँ ।  उहाँ पनि बेलाबेला  मेराे घरमा आइराख्नुहुन्छ । कहिले बिहानै ५ बजे आउनुहुन्छ । कहिले राति ३ बजे राति आउनुहुन्छ । प्राय ड्रिङ्स गरेको हुन्छ । मेरो घरमा सीसी क्यामरा पनि छ । बच्चा भेट्न भनेर आउने भएकाले मैले छोड्दिएकै छु ।

हिजो चाहिँ  उसकाे घरमा जाँदा मलाई निकै दुर्व्यवहार गर्यो र हात पनि हाल्यो । अनुहारभरि कोतरेको डाम छ ।

नानी सुत्न खोजिरहेको थियो । मैले उसको रुममा लिएर गएँ । उ कोठामा नांगै बसेको थियो । मलाई फिजिकलको लागि फोर्स गर्न खोज्यो । मैले मानिनँ । ‘मेरो खुट्टा चाट्’ भन्यो । त्यो पनि मानिनँ । त्यसपछि कुटपिट गर्यो । मैले बाध्य भएर प्रहरीलाई फोन गरेर बोलाएँ ।

पुलिस पनि आए । तर, जान मानेन । डेढ घन्टै लाग्यो होला ढोका खोल्न । उ चाबी फुटाएर निस्कियो । पुलिसले बल्लतल्ल लिएर गए । पुलिसले मलाई जाहेरी हाल्न भनेको थियो । तर मैले हालिनँ । त्यसपछि पुलिसले यत्तिकै छोड्यो ।

भोलि पर्सीतिर उजुरी हाल्छु । म यत्तिकै चुप बस्दिनँ ।

(साङबुङसँग गरिएकाे कुराकानीकाे अडियाे नेपाल प्रेससँग सुरक्षित छ ।)

Comments

One response to “राजेशपायलले आफूमाथि यौनहिंसा गरेको पूर्वपत्नीको आरोप”

  1. Bishwaraj Avatar
    Bishwaraj

    नेपाल मा महिला अधिकार बढी भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *