रसुवा बाढीमा बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

चितवन । रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरीमध्ये एक जनाको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार असई लालबहादुर श्रेष्ठको शव त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको हो ।

उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भएकोले उनी ड्यूटीमै थिए भन्ने खुलेको एसपी पुरीले बताए ।

एसपी पुरीका अनुसार उनको शवलाई भरतपुर अस्पतालमा ल्याइएको छ । उनकाे श्रीमतीले श्रेष्ठको पहिचान गरेपछि उनी टिमुरेबाट बाढीमा बेपत्ता असइ भएको खुलेको एसपी पुरीले बताए ।

Comments

One response to “रसुवा बाढीमा बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो”

  1. खडेरी Avatar
    खडेरी

    कस्तो दुखद्। आत्मालाई शान्ति मिलोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *