साेविताको आरोपमाथि संसदमै आपत्ति, को-को थिए प्रधानमन्त्रीको भ्रमण दलमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमको अभिव्यक्तिप्रति सत्तारूढ दल नेकपा (एमाले)का सांसद दामोदर पौडेलले आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले कुनै व्यक्ति विशेष आरोप नलगाएको भएपनि प्रधानमन्त्री गएकै कार्यक्रममा सहभागी भएकाहरू नफर्किनु गम्भीर विषय भएको बताइन् ।

उनले भनिन्, ‘स्वयं प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन् यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन। तर यो अत्यन्तै गम्भीर विषय हो ।’

उनले आफूहरूले भिजिट भिसा प्रकरणमा उठाएको मुद्दाबाट पछि नहटेको बताइन्। सरकारले नेपाली जनताको जिउधन र अन्तर्राष्ट्रियता नेपालको छवि जोडिएको यस्तो गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने र अनुउपयुक्त पात्रको नेतृत्वमा छानबिन समिति बनाएको भन्दै आपत्ति जनाइन् ।

उनले थपिन्, ‘आफू मातहतकै आफूभन्दा अनिष्ट कर्मचारी सम्मिलित एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद र आपत्ति छ। हाम्रो हिजो पनि र आज पनि एउटै छ । नागरिक बेचिनु कसैको गलत कार्यका कारण देशको छवि घट्नु, सामान्य विषय होइन, उच्चस्तरीय छानबिन आयोग जसरी पनि बन्नुपर्छ। हाम्रो माग सम्बोधन गर्ने चौडा छाती सरकारसँग रहेनछ ।’

त्यसप्रति आपत्ति जनाउँदै सांसद पौडेलले आरोप पुष्टि गर्न चुनौती दिँदै जे मन लाग्यो त्यही बोल्दै नहिँड्न चेतावनी दिए ।

उनले भने, ‘प्रधानमन्त्री अहिले स्पेन भ्रमण जाँदा भिजिट भिसामा मान्छेहरूले लगेर केही छाडेको भन्ने आशङ्का जस्तो विषय एक जना माननीयले राख्नुभयो । यो विषय उहाँले किन राख्नुभयो ? केका आधारमा राख्नुभयो ? उहाँले राखेको विषय उहाँले पुष्टि गर्न पर्छ कि पर्दैन ? यस्ता विषय जतिखेर जुन कुरा मन लाग्यो, जसलाई आरोप लगाउन मन लाग्यो त्यो कुरा राख्ने र सदन बहिस्कार गरेर हिँड्ने ?’

प्रधानमन्त्रीको भ्रमण दलमा को-को सहभागी थिए, हेर्नुस् ।

Comments

2 responses to “साेविताको आरोपमाथि संसदमै आपत्ति, को-को थिए प्रधानमन्त्रीको भ्रमण दलमा ?”

  1. ram bhattarai Avatar
    ram bhattarai

    यो पार्टीका अधिकांस सांसद स्टन्ट गर्न र सार्बजनिक खपतका लागि जे पनि बोल्ने गर्छन।

  2. ram bhattarai Avatar
    ram bhattarai

    सार्बजनिक खपतका लागि जे पनि बोल्यो अनि संसद बहिस्कार भन्दै हिंड्यो ! गज्जब छ स्टन्ट गर्ने काईदा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *