नक्कली कागजातमार्फत जग्गा पास गराएको अभियोगमा ६ जनालाई जेल सजाय र जरिवाना

काठमाडौं । नक्कली कागजात तयार पारेर जग्गा पास गरेको अभियोगमा विशेष अदालत काठमाडौंले ६ जनालाई ३ देखि ६ महिना कैद र अधिकतम २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । अदालतले यो कार्यलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गतको गम्भीर कसूर ठहर गर्दै दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य रामबहादुर थापा र विदुर कोइरालाको इजलासले ‘गलत लिखत तयार गरी भ्रष्टाचार गरेको’ ठहर गर्दै निर्णय सुनाएको हो ।

जसमा दिननाथ मित्र, शिवबालक साह कानु, सुमनप्रसाद चौधरीलाई भ्रष्टाचार निवारण ऐनको दफा ९ र ११ अनुसार दोषी ठहर गर्दै ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएकाे छ । यस्तै जयलाल सहनी, सुदामाप्रसाद चौधरी र रामपतिदेवी थारुलाई कागजात प्रयोगकर्ता र प्रक्रियामा संलग्न भएकोमा दोषी ठहर गर्दै ३ महिना कैद सजाय र १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

अदालतले अरु तीन प्रतिवादी बुद्धनारायण यादव, सुनितादेवी चौधरी लगायत अन्य तीन जनालाई भने कसूर प्रमाणित नभएको भन्दै सफाइ दिएको छ ।

प्रतिवादीले रामपति देवी थारुको नाममा जग्गा पास गर्नका लागि नक्कली जग्गाधनी प्रमाण, खत दस्तावेज, र विभिन्न मितिमा बनाइएको पास गराउने निवेदन पेश गरेका थिए । यस्ता कागजात नक्कली र मिलेमतोमा तयार पारिएको पुष्टि भएपछि अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *