श्रम मन्त्रालयको गाडी प्रकरणले सरकारको ध्यानाकर्षण, सवारी साधनको विवरण एक साताभित्र उपलब्ध गराउन सर्कुलर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी दुरुपयोग भएको प्रकरणले सरकारको ध्यानाकर्षण भएको छ ।

मन्त्रालयको गाडी हराएको र फेरि भेटिएको समाचार सार्वजनिक भएपछि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, आयोग, बोर्ड, समिति, निकाय तथा मातहतका कार्यालयमा रहेका सवारी साधनको विवरण संकलन गर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयले सबै निकायले आइतबार गरेको परिपत्रमा भनिएको छ, ‘सवारी साधनको नाममा दर्ता रहेको तथा हस्तान्तरण भई प्रयोगमा रहेका सबै सवारी साधनहरूको विवरण (दुई पाङ्ग्रे वा चार पाङ्ग्रे) प्रयोग गरिरहेका अधिकृत वा कर्मचारीको नाम र पदसहित टेबुलको ढाँचामा तयार गरी उपलब्ध गराउन अनुरोध गरिन्छ।’

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गरेको परिपत्रमा सबै निकायलाई आफ्ना मातहतमा रहेका सवारी साधनको विवरण प्रधानमन्त्री कार्यालयमा पठाउन भनिएको छ । जसमा सवारी साधनको प्रकार, सवारी साधन नम्बर, प्रयोगकर्ताको नाम, पद, स्थायित्व (कसरी प्रयोग भइरहेको) लगायतको विवरण खुलाएर पठाउन भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले उक्त जानकारी राष्ट्रिय सतर्कता केन्द्र समेतलाई गराएको छ ।

Comments

One response to “श्रम मन्त्रालयको गाडी प्रकरणले सरकारको ध्यानाकर्षण, सवारी साधनको विवरण एक साताभित्र उपलब्ध गराउन सर्कुलर”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    थुक्क ! मेरो पनि ज्वाई मन्त्री भएका भए एउटा गाडी कस्सो नफुत्काउथे होलान ! के गर्नु छैनन ! हेर त सिंह दरवारमा सरकारी मोटरको विचल्ली ! एक दिन अघि हरायो भन्ने ! भोलिपल्ट भेटियो ! भन्ने । कति रमाइलो ! लौन कोही आफन्त भए एउटा मोटर मिलाइ दिनु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *