काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीमा निषेधको निषेध राजनीति लागू हुनै नसक्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् उनले पार्टीका ७ वटा माधिवेशनलाई नजिकबाट हेरे–सुनेको र संलग्न भएको भन्दै ’को कस्ता थिए, कता थिए र छन्’ राम्रैसँग थाहा रहेको बताएका छन् ।
बास्कोटाले लेखेका छन्, ’०३९–४५,०४७–४९,०५२–०५४,०५८–५९,०६५,०७१ र ०७७–७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो । अरुमा संलग्न भइयो–भोगियो । को कस्ता थिए, कता थिए र छन ? त्यो पनि थाहै छ ।मेरो भनाइ यत्ति छ- केही बाँकी राखेर बोल, ताकि मतान्तरबीच मुस्कुराउँदै सँगै यात्रा गर्न सकियोस् । पार्टीमा निषेधको निषेध लागू हुनै सक्दैन ।’


Leave a Reply