हुम्लाबाट बिरामी बोकेर काठमाडौं उडेको प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

सुर्खेत । हुम्लाबाट बिरामी बोकेर काठमाडौंतर्फ उडेको प्रभु हेलिकप्टर दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरिएको छ ।

एनजी-एएनएल कलसाइनको हेलिकप्टर खराब मौसमका कारण दैलेखको गुराँस गाउँपालिका-२ तल्लो डुंगेश्वरमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

हुम्लाको हिल्साबाट बिरामी लिएर काठमाडौंतर्फ उडेको हेलिकप्टर बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए ।

दिउँसो २ः३० बजे दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरिएको हेलिकप्टरमा टाउकोमा चोट लागेको बिरामी र चालक दलका दुई जनासहित पाँच यात्रु थिए । मौसम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *