काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्ता सहयात्री दल नेकपा एमालेको चर्को आलोचना गरेका छन् । एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार समेत पालना गरेको उनको आरोप छ ।
जनकपुर पुगेका निधिले पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटमा उनले कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको बताए ।
नेता निधिले भने, ‘स्मारक भवन शिलान्यासमा पनि एमालेले अवरोध गरेको छ । मेरै नगरपालिका, नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन । के भन्छ, मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउनुस् रे ! उदाहरणको लागि प्रधानमन्त्रीको अधिकार कटौती हुने गरी क्याबिनेटको नियम बनाउँदा मान्छ । उहाँहरू मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउनुपर्छ भनिरहेका छन् ।’
उनले सत्तामा सँगै भए पनि एमालेले गठबन्धनको न्यूनतम शिष्टाचार पनि नदेखाएको आरोप लगाए ।

Leave a Reply