श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानको रकम भुक्तानी रोकिएको विषयमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँलाई स्पष्टीकरण सोधेका छन् ।

बहुभाषिक पाठशाला नजिकै टटबन्ध निर्माणमा तारजाली लगाउने कार्यको आफैँले सम्झौता गरी सबै प्रक्रिया पूरा भएको, सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी नदिनुको कारण पेश गर्न भन्दै साम्पाङले विहीबार लिखित स्पष्टीकरण सोधेका हुन् ।

उनले अन्य योजनाको भुक्तानी नहुने देखिए आउने असहज परिस्थिति के-कसरी समाधान गर्नुहुन्छ रु भन्दै प्रशासकीय अधिकृतलाई लिखित जानकारी दिन चेतावानीयुक्त भाषामा निर्दशन पनि दिएका छन् ।

बहुभाषिक पाठशालामा गरिएको श्रमदान कार्यको बील पेस गर्न लगाइ आसेपासेलाई डोर हाजिरी फाराम भराएर रकम भुक्तानी दाबी गरिएको मेयरमाथि आरोप छ ।

अनुगमन समितिका संयोजकसमेत रहेका उपमेयर आइन्द्रविक्रम बेघाले निकासा रोकेपछि पछिल्लो समय यहाँ मेयर(उपमेयरबीच विवाद चुलिएको छ । केहीदिनअघि साम्पाङका समर्थकहरूले उपमेयरमाथि हातपात प्रयाससमेत गरेका थिए । यही कारण धरानले नयाँ बजेट पनि ल्याउन सकेको छैन ।

‘उपमेयरको पत्रकार सम्मेलनको जवाफ’ भन्दै साम्पाङले आज बिहानै प्रमुख प्रशासकीय अधिकृतलाई सोधिएको स्पष्टीकरणको पत्र फेसबुकमा सार्वजनिक गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *