तस्बिरमा हेरौँ धनकुटाका तीन पुस्ते फल्चा

काठमाडौं । नेवा सभ्यताको एक झलक धनकुटामा पनि देख्न पाइन्छ। त्यस्तै एउटा उदाहरण हो- धनकुटाको तल्लो कोप्चे क्षेत्रमा रहेको तीन पुस्ते फल्चा।

विक्रम संवत् १९३६ सालमा निर्माण गरिएको यो फल्चाको जानकारी शिलालेखमै उल्लेख गरिएको छ।

धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चेको यो फल्चा पहेँलो रङमा रंगिएको छ, जुन धनकुटाको सुन्तलालाई प्रतीक स्वरूप प्रस्तुत गरिएको स्थानीय राजन प्रधानले नेपाल प्रेसलाई बताए।

धेरैलाई फल्चाको मर्मत तथा निर्माण कार्य काठमाडौंमा मात्र हुने भ्रम भए पनि धनकुटामा पनि त्यति नै सक्रियता देखिएको स्थानीय बासिन्दाहरू बताउँछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *