काठमाडौं । इन्डोनेसियाको चर्चित पर्यटकीय टापु बालीमा एक फेरि पल्टिँदा ४ जनाको ज्यान भएको छ भने ३० जनाको अवस्था अज्ञात भएको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार फेरिले ६५ जना यात्रुहरू बोकेर जाभाबाट बालीतर्फ जाँदा यस्तो दुर्घटना भएको हो । फेरिमा भएका ३१ जनालाई उद्धार गरिएको छ । पानीमा घण्टौँ तैरिनु परेकोले उद्धार गरिएकाहरूको अचेत अवस्थामा भेटिएका थिए ।
तर फेरिमा कुन कुन देशमा यात्रुहरू थिए भन्नेमा कुनै जानकारी सार्वजनिक भएको छैन ।

Leave a Reply