काठमाडौं । सगरमाथा संवाद गरेको केहि समयपछि नेपालमा अर्को विश्वस्तरिय कार्यक्रम हुने भएको छ । पृथ्वीको स्वास्थ्यमा ध्यान दिन मानविय कर्महरूलाई पृथ्वीमैत्री बनाउने उद्देश्यका साथमा ‘हिमालयन क्लाइमेट चार्टर २०२५’को नाममा कार्यक्रम हुने भएको छ ।
बीयाइएन ब्ल्याकयाक ग्रुपको सहयोगमा सोलुखुम्बु जिल्लाको सगरमाथा क्षेत्र अटाउने खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ र सगरमाथा पलुसन कन्ट्रोल कमिटीको संयुक्त आयोजनामा कार्यक्रम यही जुलाई ५ मा काठमाडौँमा हुने भएको छ ।
होटल याक एण्ड यतीमा शनिवार हुने कार्यक्रममा ‘कमिटमेन्ट फर क्लाइमेट रिजिलेन्सी फर एभरेस्ट रिजन’ तथा ‘क्लाइमेट चेन्ज इन द हिमालयज’ आदि नाम छलफल सत्र पनि हुने भएको छन् ।। सत्रमा जलवायु विज्ञहरु सहभागी हुने भएका छन् । कार्यक्रमको सूची अनुसार कार्यक्रम साढे एक बजेबाट साँझ ६ बजेसम्म हुने भएको हो ।
अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहभागितामा हुन लागेको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ । यो निजी क्षेत्रको प्रयासमा भइरहेको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पर्यटन व्यवसायी ङावाङिमा शेर्पाले बताए । ब्ल्याक याक कोरियाको प्रख्यात हार्डवेयर कम्पनी हो ।

Leave a Reply