काठमाडौं । कम्युनिस्ट र न्यू योर्क ध्वस्त गर्ने अनुहारको रूपमा न्यू योर्कका डेमोक्रेटिक पार्टीका मेयर उम्मेदवार जोरान माम्दानीलाई कटाक्ष गर्ने ट्रम्पलाई माम्दानीले जवाफ फर्काएका छन्।
श्रमजीवी पक्षमा काम गर्ने भनेर मत पाएर जितेपछि काम नगरेर धोका दिएको भन्दै माम्दानीले ट्रम्पको आप्रवासी हेर्ने नजरियाको आलोचना गरेका छन्।
यस्तो छ उनको आलोचनाको भिडिओ मन्तव्य:
हिजो डोनाल्ड ट्रम्पले भने- मलाई गिरफ्तार गर्नुपर्छ। उनले भने- मलाई देशबाट निकाल्नुपर्छ। उनले भने- मलाई नागरिकताबाट वञ्चित गर्नुपर्छ। उनले यी सबै कुरा मेरो बारेमा भने जो यो सहरको इतिहासमा पुस्तौँपछि पहिलो आप्रवासी मेयर बन्ने सम्भावनामा छु ।
जो यो सहरको इतिहासमै पहिलो ध्यान हटाउन चाहन्छन्- म जुन मूल्यका लागि लड्छु त्यसबाट। म श्रमिक वर्गका लागि लड्छु। म त्यस्ता मान्छेहरूका लागि लड्छु जो यो सहरबाट महँगिकै कारण विस्थापित भएका छन्। म त्यही वर्गका लागि लड्छु जसको लागि उनले आफू लड्दै छु भनेको थिए ।
यी त्यै राष्ट्रपति हुन जसले सस्तो खाद्यान्न ल्याउने वाचा गरेर चुनाव जितेका थिए, जसले अत्यधिक महँगी र जीविकोपार्जनको संकट हल गर्ने कुरा गरेका थिए। तर आज उनले विभाजनका आगोमा घ्यू हाल्न सजिलो ठानेका छन् । त्योभन्दा सजिलो, जुन बाटोबाट उनले ती श्रमिक अमेरिकीहरूप्रति धोका गरेका छन्- सहरमा मात्र होइन, यो देशभरि नै।
हामीलाई थाहा छ, उनी मेरो बारेमा बोल्न रुचाउँछन् । तर त्यो विधेयकको बारेमा बोल्न चाहँदैनन् जुन उनी वासिङ्टन डीसीमा अघि बढाइरहेका छन् । त्यस्तो विधेयक जसले अमेरिकीहरूबाट स्वास्थ्य सेवा खोस्नेछ, भोकाहरूबाट खाद्यान्न खोस्नेछ। त्यो विधेयक जसले उनको पहिलो कार्यकालमै भएको जस्तो ठूलो धनसम्पत्तिको स्थानान्तरणलाई दोहोर्याउनेछ । धनीहरूलाई अझ धनी बनाउने छ।
हामीले त्यस्ता व्यक्तिहरूका लागि लड्नुपर्छ, जससँग सम्मानपूर्वक बाँच्न आवश्यक आधारभूत कुरा छैन। म त्यसैका लागि लड्नेछु। र म आभारी छु- त्यति धेरै न्यूयोर्कवासीहरूको समर्थन र सुरक्षा पाएकोमा, जसले उभिएर भने- यो अस्वीकार्य छ। यसमा हाम्रो राज्यपालदेखि श्रमिक आन्दोलनका अगुवासम्मका साथ छन्।
र अन्ततः मलाई चिन्ता यस कुराको हो यदि डोनाल्ड ट्रम्प र उनको प्रशासनले न्यूयोर्क सहरका डेमोक्र्याटिक मेयर पदका उम्मेदवारको बारेमा यति भन्न सहज ठान्छन् भने कल्पना गरौँ उनीहरू ती आप्रवासीहरूका बारेमा कस्तो कुरा गर्न र गर्न सहज महसुस गर्छन् जसका नाम उनीहरूले कहिल्यै सुनेका पनि छैनन्।

Leave a Reply