नेकपा एसको सचिवालय बैठक- झाँक्री पनि पुगिन् आलोकनगर

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध विस्फोटक अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीले सचिवालय बैठकमा जवाफ दिँदैछिन्।

पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालयको बैठकमा जवाफ दिनको लागि झाँक्री केही बेरअघि पुगेकी छन्।

उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन्। यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ।

उनीमाथि अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको थियो। तर, उनले आफूले औपचारिक स्पष्टीकरणको पत्र नपाएको दाबी गरिन्। उनले आफ्नो कुरा पार्टी सचिवालय बैठकमा राख्ने बताइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *