बारामा श्रीमानद्वारा ‘दाउ’ प्रहार गरी श्रीमतीको हत्या

बारा । बाराको कलैया उप-महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवादका कारण श्रीमानले धारिलो हतियार ‘दाउ’ प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज दिउँसो करिब सवा ३ बजेको समयमा यो घटना भएको हो । ३५ वर्षीय बच्चा मियाँले आफ्नै घरभित्र २३ वर्षीया श्रीमती सहिना खातुनलाई कुटपिट गरेपछि मासु काट्न प्रयोग गरिने दाबले टाउको र गर्धनमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट तत्कालै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानपश्चात् प्रहरीले हत्यामा संलग्न बच्चा मियाँलाई तत्कालै नियन्त्रणमा लिएको छ । हत्यामा प्रयोग भएको दाब पनि घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *