‘अन्तर्राष्ट्रिय रूपमा स्थापित पार्टी नेतृत्व हुँदाहुँदै माओवादीलाई विद्या भण्डारी उचाल्न आवश्यक छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन माओवादीलाई उचाल्नुपर्ने कुनै आवश्यकता नभएको बताएका छन् ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी र पार्टी अध्यक्ष अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित भइसकेको नेता हुँदाहुँदै अरूलाई उचाल्न आवश्यक नहुने बताए ।

उनले भने, ‘हामीले अरूलाई किन उचाल्छौँ, हाम्रो पार्टी र अध्यक्ष राष्ट्रियमात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित हुनुहुन्छ । हाम्रै विचार अग्रगामी छ, हाम्रै कार्यदिशा अग्रगामी छ, त्यसैले हामीलाई उचाल्नुपर्ने आवश्यक छैन ।’

उपाध्यक्ष सापकोटाले पार्टीको नेतृत्व हस्तान्तरणबारे पनि पार्टीले नीतिगत तयारी गरिरहेको बताए ।

उनले भने, ‘देउवालाई त विधानले नै दोहोरिन दिँदैन । उहाँ उठ्नुहुन्न, त्यो सुनिश्चित भइसक्यो । नेतृत्व कसैले लिने र दिने विषय होइन, हाम्रो नेतृत्वले तथ्य लिएर आउनुस् र योग्यता र क्षमता बढाउनुस् । त्यसरी नै नेतृत्व बन्दै जान्छ भन्नुभएको छ । त्यसैले पार्टीमा नेतृत्वका लागि वैचारिक, राजनीतिक, सांगठनिक र नीतिगत तयारी गरिँदैछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *