सानेपामा उकुसमुकुस पाेखिँदैछ, अब ओली सरकार धेरै टिक्दैन : माओवादी (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरू सरकार ढाल्ने खेलमा रहेको दोहोर्याएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो सरकार सबै कोणबाट असफल भइसकेको बताए ।

उनले भने, ‘हामी त यही सरकार नै चलिरहोस् भन्नेमा छौँ। सरकार ढाल्न हामी लागेका छैनौँ, जनताप्रति नै छौँ। तर सानेपामा पनि गरमागरम बहस चलिरहेको छ। त्यहाँ पनि उकुसमुकुस चलिरहेको छ। सत्तापक्षका सांसदहरूको अभिव्यक्ति तपाईँहरूले नै देखिराख्नुभएको छ। कांग्रेसमा ठुलो अन्तर्विरोध छ, कांग्रेसको नेतृत्वले पनि पार्टीभित्रको आक्रोशलाई थाप्न सक्दैन। म मिति त किटान गर्दिनँ, तर यो सरकार धेरै दिन टिक्दैन ।’

उनले कांग्रेस र एमालेभित्रको अन्तर्विरोधको सूचना आफूहरूलाई आइरहेको बताए । उनले एमालेभित्र पनि आन्तरिक लोकतन्त्र समाप्त भइसकेकाले विस्फोटनको चरणमा पुगिसकेको बताए ।

 

Comments

6 responses to “सानेपामा उकुसमुकुस पाेखिँदैछ, अब ओली सरकार धेरै टिक्दैन : माओवादी (भिडिओ)”

  1. हलुवा काका Avatar
    हलुवा काका

    फेरि केमा साटिने हो यो कुरा ? वडा गाह्रो छ हो हामी सडकछापलाई !! वल्ल मिलेको थियो !

  2. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    यिनीहरूकाे दु: ख बडो टिठलाग्दाे छ। यति झुठ नबाेले कार्यकर्ता टिकाउनै गार्‍हो छ।

    1. bharat kumar thapa Avatar

      साढे को फल झर्ला र खाउला भन्दै गीत गायको देख्दा म त छक्क तेत्रा मानिसको आहुति माओवादीका केही नेता परिवारलाई रजाइँ

  3. ksp pyl Avatar
    ksp pyl

    यिनले जति मरिहत्ते गरे पनि ८४ सम्म झर्नेवाला छैन । पद नपाएको कारण तडपिएर मर्ने भए प्रचण्ड र तिनका मतियारहरू ।

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      खै झर्ने नझर्ने था छैन । तर यस्ताे कुरा सुनेकाे 12 महिना हुनै लाग्याे । अब 12 महिना सम्म यस्तै कुरा सुन्नु पर्छ भन्ने हाम्लाई लाईराछ ।

      1. bhupendra karki Avatar
        bhupendra karki

        होला होला!
        अबको गृह मन्त्री यिनै “ज्यानमारा” खाम्रेड्ले पाउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *