काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले निजामती विधेयकलाई लिएर सांसदलाई पंगु बनाइएको टिप्पणी गरेकी छन् ।
राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा उनले सभापति रामहरि खतिवडा र सचिव सुरज दुराले राजीनामा दिएरमात्र यो समस्या समाधान नहुने बताइन् ।
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ । यत्रो समितिले निर्णय गरेर जाँदा त यस्तो भयो । सामान्य प्रशासनमन्त्रीज्यूले पनि सभापतिलाई आरोप लगाउनुभएको छ । उहाँ पनि उपस्थित हुनुपर्यो । सांसदलाई पंगु बनाउने काम भयो । समितिको सदस्य भन्दा गौरव लाग्थ्यो, अहिले आएर लाज लाग्ने अवस्था भयो । मान्छे मर्यो भन्दा पनि काल पल्कियो भन्ने मुख्य चिन्ता हो । यसलाई कसरी रोक्न सकिन्छ ? हामीले पारित गरेको दफा कायम हुनुपर्छ । दुवैजनाले राजीनामा दिएर मात्र यो समस्या समाधान हुँदैन’, राईले भनिन् ।

Leave a Reply