निजामती विधेयकमा छलछाम गर्नेलाई कारबाही होस् : अजयबाबु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छलछामले संसद्को अपमान भएको बताएका छन् ।

दुई वर्षको कुलिङ पिरियडको स्पष्ट व्यवस्था राख्दै प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई केही व्यक्तिको साँघुरो स्वार्थका लागि तोडमोड गर्नु लोकतान्त्रिक विधि र संसद्प्रतिको विश्वासमाथिको ठाडो प्रहार भएको उनले बताए ।

शिवाकोटीले भने, ‘विधेयकको मर्मविपरीत छलछाम गरी परिवर्तन गर्नु र संसद्लाई गुमराहमा राख्नु संसद्को गरिमामाथि धावा हो । यस्तो कार्य नागरिकको विश्वासमाथिको धोका पनि हो। व्यक्तिगत रूपमा म यस्तो अपारदर्शी चलखेलको कडा विरोध गर्छु ।’

संसद्मा पारित विधेयकमा किन, कसको इशारामा, कुन प्रक्रियाबाट परिवर्तन भयो तत्काल छानबिन र संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरे । केही व्यक्तिको स्वार्थका लागि संसद्को निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिए ।

Comments

One response to “निजामती विधेयकमा छलछाम गर्नेलाई कारबाही होस् : अजयबाबु”

  1. हरिहर Avatar
    हरिहर

    यो विधियकको मूल मर्म अर्कै छ । नेताहरुले बुझ्नुभएको छैन । स्थानीय र प्रदेशमा जान इन्सेन्टिभ दिदा कतिपयको एक दुई तह बढुवा जस्तो भएको थियो । त्यो कुरा संघमा बस्ने कर्मचारीलाई औडाहा भएको थियो । त्यसैको साटो फेर्न सुटुक्क तहगत प्रणाली भनी आफूहरुको मात्र स्वत: दुई तह बढुवा हुने गरी तलब बढाउने प्रपञ्च हो । अधिकृत माथिका कर्मचारीले बिचरा नेतागणहरुलाई ताई न तुईको कुलिङ पिरीयडमा अलमल पारेर आफ्नो पोल्टा भर्न सफल भए । केन्द्रका निम्न स्तरका कर्मचारी र अन्य तहका सबै कर्मचारीलाई जिल्लाएर अपराधीहरुले गर्नु गरे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *