सुर्खेत । पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । कालीकोटको जिते नजिकै पहिरो खसेपछि जिते-मान्म सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ ।
पहिरोका कारण कालीकोट सदरमुकाम मान्म, जुम्ला, मुगुबाट सुर्खेतका लागि छुटेका गाडीहरू बाटैमा अलपत्र परेका छन् ।
जितेगडाको भिरको चट्टान खस्दा सडक अवरुद्ध भएपछि हटाउने प्रयास भइरहेका छन् जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
केही समयभित्रै सडक सञ्चालनमा आउने सम्भावना भए पनि अविरल वर्षाका कारण समय लाग्ने कालीकोटका डीएसपी टेकबहादुर रावतले बताए ।

Leave a Reply