काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले ५ गोलको अग्रता बनाएको छ । नेपालका लागि रश्मी घिसिङले पाचौं गोल गरेकी हुन् ।
नेपालका लागि १२औं मिनेटमा अनिता बस्नेतले पहिलो गोल गरेकी थिइन् । खेलको ४४औं मिनेटमा कप्तान सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई दोब्बर अग्रता दिलाइन् ।
सरु लिम्बुले ४७औं मिनेटमा गोल गर्दै अग्रता तेब्बरमा पुराइन् । पुनः साम्बाले खेलको ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोेल गर्दै ४ गोल अग्रतामा पुराइन् । त्यसको एक मिनेटमै रश्मीले गोल गर्दै अग्रता पाचौं गोलमा लगिन् ।

Leave a Reply