भारतीय नागरिक नेपालगन्जमा ब्राउनसुगरसहित पक्राउ

दाङ । बाँके प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिर नजिकै चेकजाँच गर्ने क्रममा भारतको बहराइचका २४ वर्षिय मोहम्मद आरिफलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसारको उनको साथबाट २० ग्राम ९२० मिलिग्राम ब्राउनसूगर बरामद भएको छ । आज अदालतबाट म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *