रास्वपा सांसदले आकस्मिक समयको दुरुपयोग गरेको कांग्रेसको आरोप, बोल्नबाट वञ्चित गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी रास्वपालाई लक्षित गर्दै संसदको आकस्मिक समयको दुरुपयोग गर्ने काम भइरहेको आरोप लगाएका छन् । आजको संसद बैठकमा बोल्दै उनले जथाभावी अव्यिक्ति दिने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्ने माग गरे ।

रास्वपा र राप्रपा मागका विषयमा सरकारले समिति बनाइसकेको अवस्थामा संसद अवरोधको औचित्य नरहेको घिमिरेको भनाइ छ ।

उनको भनाइ यस्तो थियोः

अहिले संसदमा दैनिक संसदीय कारवाही सुरू भएपछि नियमितरूपमा उठ्ने, गालीगलौज गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, यो प्रक्रिया चलिरहेको छ । चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रियाको सुरूवात भएको छ । यसलाई अन्त्य गर्नैपर्छ । यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन ।

भिजिट भिसाका विषयमा संसदको ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको अवस्था हो । यो अवस्थामा दैनिक समय प्रदान हुन्छ, त्यसको दुरुपयोग गरेर जुन ढंगले अभिव्यक्ति दिने प्रक्रियाको आरम्भ भएको छ, त्यसपछि म सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यो प्रथालाई अन्त्य गर्नुपर्छ । होइन भने यो संसद गालीगलौजमै सकिन्छ । हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ । यो प्रक्रियालाई बन्द गर्ने हो भने यस्तो अभिव्यक्ति गर्ने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ ।

Comments

2 responses to “रास्वपा सांसदले आकस्मिक समयको दुरुपयोग गरेको कांग्रेसको आरोप, बोल्नबाट वञ्चित गर्न माग”

  1. manaia thompson Avatar
    manaia thompson

    श्याम घिमिरे भन्ने जन्तु लाई प्रजातन्त्रको पथ यसको प्रलोकमा भएका बाऊ सांग पढेर आईज भन्नु पर्यो|कांग्रेसी भन्ना पानी लाज नभएको नकच्चरो|

  2. samir Avatar
    samir

    नेपाली महिलालाई बेश्या बनाउपर्छ भन्ने कालो काङ्ग्रेसको यो अपराधी श्याम घिमिरेलाई सबै नेपालीले बहिष्कार गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *