एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्पेन भ्रमणमा रहेका बेला पार्टी सञ्चालनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले पार्टी अध्यक्षबाट कार्यवाहक अध्यक्षको जिम्मेवारीसहितको पत्र पोखरेललाई दिएको बताए । कार्यवाहक अध्यक्ष पोखरेल मनमोहन अधिकारीको जन्मदिनको अवसरमा बूढानीलकण्ठ नगरपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *