प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

रुपन्देही । प्युठान जिल्लामा शनिबार साँझ भारी वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सेउलिबाङ वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको हो । पछिल्लो २४ घण्टामा त्यहाँ १९६.६ मिलिमिटर वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार ससाना खोलानालामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । अहिले साइरन बज्न थालेकाे छ ।

स्याउलिवाङ नौबहिनी गाउँपालिकाको १ नं वडामा पर्दछ । स्थानीयका अनुसार साँझ ४ बजेदेखि ८ बजेसम्म ठूलो पानी परेको र अहिले केही कम भएपनि निरन्तर आइरहेको छ ।

माथिल्लो भागमा ठूलो पानी परेपनि सदरमुकाम आसपासमा सानो पानी आएको र अहिलेसम्म ठूलो बाढी आइनसकेको विजुवारस्थित पत्रकार हरि भण्डारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *