विद्या भण्डारी राजनीतिक मान्छे हो, पार्टीमा कुन जिम्मेवारी लिने सल्लाहले टुंगिन्छ: ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको बताएका छन् ।

मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा आउन कसैले नछेक्ने बताए ।

उनले पार्टीमा कुन जिम्मेवारी लिने भन्ने सल्लाहले टुंगिने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ ।’

विद्या भण्डारीले राजनीतिमा रुचि राख्नु उनको धर्म भएको नेता पोखरेलको भनाइ छ ।

Comments

2 responses to “विद्या भण्डारी राजनीतिक मान्छे हो, पार्टीमा कुन जिम्मेवारी लिने सल्लाहले टुंगिन्छ: ईश्वर पोखरेल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    ईश्वर पोखरेललाई पानी ट्याङ्की भनेर आरोपित गरिन्छ ।त्यो भन्नेले वहाँले पानी ट्याङ्की मै पैसा राखेको भनेको होईन । वहाँ भ्रष्ट हो भन्न खोजेको होला किनकी पानी ट्याङ्कीमा पैसा राखे त भिजेर नष्ट भै हाल्छ । अब वहाँ भ्रष्ट हो कि होईन भनेर केलाउँदा हो कि जस्तो लाग्छ । ओलि कालका चर्चित काण्ड ओम्नी, यतिका योजनाकार यिनै थिए ।ओलिलाई ब्ल्याकमेल गर्दै गलत काम गराउने यिनै हुन् । त्यो थाहा पाएर नै ओलिले आफ्नो क्याबिनेटमा यिनलाई पङ्गु बनाएर राखेका थिए । अहिले पनि नियुक्ति खुवाउने, पैसा कमाउने काम गर्न नपाएर छटपटाएका छन् यी ।बरिष्ट उपाध्यक्ष भए पनि यिनको भ्रष्टता देखेर ओलिले बाल मतलव दिएनन् । यी भन्दा राम्रा शंकर पोखरेल, प्रदिप ज्ञवाली, विष्णु पौडेल, विष्णु रिमालका कुरा सुने । यसले यिनलाई पोलेको छ । भ्रष्ट बानी सुधार्नेतिरभन्दा नेता फेरेर रोटी सेक्न हिडे यी । अब भिम रावल बन्ने पालो ईश्वरको हो र बनाउनै पर्छ । ७० वर्षको उमेरहद चाहिँ लगाउनुपर्छ रे । अनि त्यहि मुखले लाजै नमानी पूर्व राष्ट्रपति भैसकेको मान्छेलाई फेरि नेता बनाउनु पर्छ रे । विद्यालाई उचाल्ने यस्तै यस्तै भ्रष्टहरूले हो । तर जसरी बामदेव, माधव, झलनाथ, भिम रावल पंगु भए अब पालो विद्या, ईश्वरहरूको हो । एमाले त ओलिको नेतृत्वमा निरन्तर अघि बढछ ।

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    एमालेलाई याे अवस्थामा पुर्याएकाे के.पी. ओलीले नै हाे । जिउँदाे हुँदाहुँदै ओली हारेकाे एमाले भनेकाे ध्वस्त एमाले हाे ।एमाले भित्रैबाट त यस्ताे हुन्छ जस्ताे लाग्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *