रविलक्षित रामहरिको टिप्पणी- जेलमा बस्दा पनि सहयोग गर्नुस् भनेर चन्दा उठाएर ठग्दैछन् (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा हुँदा समेत ठग्न नछाडेको आरोप लगाएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

 

उनले भने, ‘रविको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानबारे उनले भने बदमासी गर्नेहरूले कहीँ जाँदा पनि छाड्दैनन्। जेलमा बस्दा होस् वा बाहिर ठग्न नछाड्ने प्रवृत्ति व्यापक रूपमा भएको छ। जोसुकै होस्, जेलमा परेको छु सहयोग गर्नुस् भनेर चन्दा उठाउँदै छन्। यस्तो प्रवृत्ति देखियो, जेल भित्रबाट पनि।’

उनले यस्तै, सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बदमासी गरिरहेकाहरू पनि सांसद बनेर सदनमा आएको भन्दै त्यसको छानबिन गर्न माग गरे।

Comments

One response to “रविलक्षित रामहरिको टिप्पणी- जेलमा बस्दा पनि सहयोग गर्नुस् भनेर चन्दा उठाएर ठग्दैछन् (भिडिओ)”

  1. bipin Avatar
    bipin

    Ghadi choor

Leave a Reply

Your email address will not be published. Required fields are marked *