प्रथम लुम्बिनी रोड रेसमा त्रिभुवन आर्मी क्लब हावी

दाङ । प्रथम लुम्बिनी रोड रेसमा त्रिभुवन आर्मी क्लब हावी भएको छ । लुम्बिनी खेलकुद परिषदले दाङको घोराही गरेको १० किलोमिटर रोड रेसमा पुरूष महिला दुवै तर्फ त्रिभुवन आर्मी क्लवका खेलाडी प्रथम भए । पुरूष तर्फ निर्धारित दुरी ३१ मिनेट ३० सेकेन्ड ४८ मिलिसेकेन्डमा पार गर्दै आर्मीका संजय श्रेष्ठ प्रथम भए ।

३१ मिनेट ३९ सेकेन्ड १४ मिलिसेकेन्डका साथ आर्मीकै नरेन्द्र रावत दोस्रो भए भने नेपाल पुलिस क्लवका नागेश्वर यादवले ३१ मिनेट ४५ सेकेन्ड १९ मिलिसेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

महिला तर्फ निर्धारित दुरी ३७ मिनेट ४० सेकेन्ड ४७ मिलिसेकेन्डमा पार गर्दै आर्मीकी निशा सार्की प्रथम भइन् । एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्ड ६३ मिलिसेकेन्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो बनिन् भने एपीएफकै दिपा परियार ३९ मिनेट २१ सेकेन्ड ९८ मिलिसेकेन्डको समयका साथ तेस्रो भइन् ।

पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार,३० हजार र २० हजार रूपैयाँ पुरस्कार पाएका छन् । लुम्बिनी रोड रेसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *