एनपीएलका लागि काठमाडौंले रिटेन गर्‍यो ६ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि काठमाडौं गुर्खाजले ६ खेलाडी रिटेन गरेको छ । गुर्खाजले सामाजिक संजालमार्फत कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

रिटेन हुने खेलाडीमा केसीसहित भीम सार्की, शाहव आलम, दीपेश कंडेल, रसिद खान र प्रतीक श्रेष्ठ छन् । काठमाडौंबाट कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल र विवेक केसी रिलिज भएका छन् ।

यसअघि सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र चितवन राइनोजले ६ खेलाडी रिटेन गरिसकेका छन् ।

Comments

One response to “एनपीएलका लागि काठमाडौंले रिटेन गर्‍यो ६ खेलाडी”

  1. Suresh Khadayat Avatar
    Suresh Khadayat

    Good

Leave a Reply

Your email address will not be published. Required fields are marked *