माधव नेपालले सफाइ पाउने नेकपा एसको विश्वास, अध्यक्ष पद छाड्न नहुने निष्कर्ष (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको छ ।

आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरू भएको षड्यन्त्रको निरन्तरता भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

उनले भने, ‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको हो ।

राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास उनले गरे । उनले प्रतिशोधपूर्ण रूपमा लगाइएको मुद्दा भएकाले नेपालले अध्यक्षको रूपमा काम गरिराख्ने र संसदीय दलको नेताबारे दलकै बैठकमा छलफल हुने बताए ।

Comments

One response to “माधव नेपालले सफाइ पाउने नेकपा एसको विश्वास, अध्यक्ष पद छाड्न नहुने निष्कर्ष (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    आरोपित भएपछि पनि पद नछोडनेलाई नकचरो भनिन्छ । दुई महिना अघि एउटा काम भनेर हदबन्दीको लागि जग्गा दिने । दुई महिना पछि त्यहि जग्गा प्लटिङ गर्न दिने । अनि यसलाई पनि नीतिगत निर्णय ? यस्ता भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *