काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३० लाख कित्ता बराबरको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासनको अनुमति दिएको छ । सेबोनले १८ लाख कित्ता व्यक्तिगत तवर र १२ लाख कित्ता सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हो ।
नबिल बैंक लिमिटेडका अनुसार उक्त डिभेन्चरको प्रतिकित्ता मूल्य एक हजार रुपैयाँ तोकिएको छ । ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिभेन्चर निष्कासन गर्न लागिएको हो ।
उक्त डिभेन्चर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।

Leave a Reply