नाबालिग बलात्कार आरोपमा वाईसीएलका चौरजहारी इन्चार्ज पक्राउ

दाङ । वाईसीएलका रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज रेशम केसी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीमा वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका केसी गएराति सानीभेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ परेका हुन् ।

रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टका अनुसार किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् । जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ । स्रोतका अनुसार उनीहरू एक-आपसमा प्रेममा थिए ।

पहिले विभिन्न आश्वासन दिएर उजुरी दिनबाट रोके पनि आश्वासन पूरा नगरेपछि युवतीले उजुरी दिएकी हुन् । पक्राउ परेका केसीलाई आज म्याद थप गरेर अनुसन्धान अघि बढाइने डीएसपी विष्टले नेपाल प्रेसलाई बताए ।

Comments

One response to “नाबालिग बलात्कार आरोपमा वाईसीएलका चौरजहारी इन्चार्ज पक्राउ”

  1. Bishwa Avatar
    Bishwa

    जंगली लाइ जंगल तिरै पठाईदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *