पाल्पामा हत्यागरी भारत भागेका पूर्णबहादुर २१ वर्षपछि पक्राउ

दाङ । कर्तव्य ज्यानका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । २०६१ असार १९ गते पाल्पाको पूर्वखोला गुनडाँडाकी ५५ वर्षीया चीनीसरा सार्कीको हत्यागरी भारत भागेका सोही ठाउँका ६६ वर्षिय पूर्णबहादुर सार्कीलाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको हो ।

पाल्पा प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार उनी नेपाल आउन थालेको सूचना पाएपछि हिजो अपरान्ह बाँकेको नेपाल-भारत सीमा नजिकैबाट पक्राउ गरिएको हो ।

उनलाई ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थपगरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *