काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल हुने उनले बताए ।
यस्तै बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाबारे पनि छलफल हुनेछ । अध्यक्ष नेपाल आज विशेष अदालतमा बयान दिन पुगेका छन् ।
भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनीमाथि पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता तोक्न दबाब छ, तर मुद्दा दर्ता भएपछि पहिलो पटक बैठक बस्न लागेकाले त्यसबारे पनि छलफल हुने जनाइएको छ ।

Leave a Reply